+
+

विज्ञापन प्रकाशन नगर्ने १४८ संस्थालाई वैदेशिक रोजगार विभागले तिरायो जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १७:२२

१६ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशनका लागि पूर्वस्वीकृति लिएर पनि विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र लिएका १४८ वटा संस्थाहरुलाई जरिवाना गरेको छ ।

इजाजतपत्र लिएका ती संस्थाहरुलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

जरिवानामा परेका इजाजतपत्र लिएका ती संस्थाहरुले ३ र ४ साउनमा राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशनका लागि विभागबाट स्वीकृति लिएका थिए । तर ती संस्थाहरुले विज्ञापन प्रकाशन नगरेको पाइएपछि वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

हेर्नुहोस् कारबाहीमा परेका संस्थाहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?