+
+

गैरआवासीय नेपालीले बनाइदिए सल्यानमा प्रसूति गृह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते ११:२०

१८ साउन, काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिदिएका छन् ।

‘वान एनसीसी वान च्यारिटी’ अन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कुमाख गाउँपालिका-१ टाट्के चौरमा प्रसूति सेवाका लागि भवन निर्माण गरिदिएको हो ।

परियोजनाका लागि सीता राना र दले रानाले पाँच रोपनी जग्गा दान गरेका थिए ।सोही जग्गामा निर्माण भएको भवन एनआरएनए अमेरिकाले गाउँपालिकालाई हस्तानतरण गरेको छ ।

अब प्रस्तूति सेवा तथा स्वास्थ्य केन्द्र व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने चौरजहारी अस्पतालले अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिनेछ ।

एनआरएनए अमेरिकाले भवन हस्तान्तरणका साथै उक्त प्रसूति गृहमा स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । शिविरमा गर्भवती महिलाले सेवा लिएको र मातृशिशु मृत्युदरमा कमी आउने विश्वास एनआरएनए अमेरिकाको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?