+
+

लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १०:५५

२० साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् । ढकाल नेपाली कांग्रेस निकट हुन् ।

सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो ।

विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताए ।

रकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका लागि पत्रकार टक सुनारलाई नियुक्त गरेको छ । चुनावको मिति घोषणा हुनु केही घण्टाअघि भएको मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू औपचारिकरुपमा सार्वजनिक भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?