+
+

प्रिमियर लिग सुरु हुँदै, अघिल्लो सिजनभन्दा फरक अन्दाज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १९:२२

२० साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण अघिल्लोभन्दा छिटो सुरु हुँदैछ । शुक्रबार राति पौने एक बजेबाट यस सिजनको प्रिमियर लिग सुरु हुनेछ ।

उद्घाटन खेलमा आर्सनल र क्रिस्टल प्यालेस भिड्नेछन् । प्रिमियर लिग यस पटक अन्य सिजन भन्दा छिटो सुरु हुनुको कारण आसन्न फिफा विश्वकप हो । यसपालि फिफा विश्वकप पहिलोपल्ट हिउँदमा हुँदैछ ।

यस पटकको प्रिमियर लिगमा के फरक हुँदैछ, नयाँ टोली र नयाँ अनुहार को–को छन् । बीबीसीले नयाँ सिजनलाई यसरी उल्लेख गरेको छ ।

नयाँ नियम

यस पटकको प्रिमियर लिगमा परिवर्तन भएको सबैभन्दा महत्वपूर्ण नियय हो खेलाडी सब्सिट्युटको नियम । यस पटक हरेक टोलीले एक खेलमा पाँच खेलाडी सब्स्टिच्युड गर्न पाउने छ ।

यो नियम २०१९/२० को सिजनको बेला कोभिडका कारण अवलम्बन गरेको थियो । अन्य युरोपियन लिगहरुमा खेलाडी सब्स्टिच्युडको नियम यहि नै छ । तर, इङ्लिस फुटबलमा भने तीन खेलाडी मात्रै सब्सिट्युट गर्न पाउने नियम थियो । यस पटकबाट भने, बेन्चमा रहेका ९ खेलाडी मध्ये पाँच खेलाडीलाई सब्स्टिच्युड गर्न पाइनेछ । खेलाडीलाई पहिलो हाफपश्चात नै परिवर्तन गर्न पाइने छ ।

प्रिमियर लिगको यस संस्करणमा परिवर्तन भएको अर्को नियम भनेको खेलमा बल मैदान बाहिर गएको खण्डमा, खेलमा ढिलाइ नहोस् भनेर एउटा खेलमा १० वटा बल प्रयोग गरिनेछ । एउटा बल मैदानमा खेलिरहेको अवस्थामा, अर्को बल फोर्थ अफिसियल सँग हुन्छ भन बाँकी आठ वटा बल मैदानकै छेउमा रहने बल ब्वाइजहरुसँग हुनेछ ।

कुनै खेलाडी खेलको समयमा टिममा उपस्थित हुन सकेन भने खेल स्थगित गर्ने नियमलाई परिवर्तन गरी यस्तो अवस्थामा टिमका प्रशिक्षक वा व्यवस्थापनका उनको स्थानमा टिमभित्रका अर्का खेलाडी प्रतिस्थापन गर्न पाउने बनाइएको छ ।

त्यस्तै यस पटकको प्रिमियर लिगको संस्करणमा बलको डिजाइन परिवर्तन गरिएको छ । जुन पुरानो बलको झलकसँग मिल्दोजुल्दो नै छ ।

नयाँ टोली

यस पटकको प्रिमियर लिगमा नटिङघम फरेस्ट पनि लिगको हिस्सा बन्ने भएको छ । सन् १९९८/९९ को सिजनमा रेलिगेट भएको नोटिङघम २३ वर्ष पश्चात पुनरागमन गरेको हो ।

टोलीलाई पुनरागमन गर्न ८ हजार ४१४ दिन लाग्यो, जसमा १ हजार ६९ लिग र प्लेअफ खेलहरु नटिङघमले खेल्यो । प्लेअफको हडर्सफिल्डलाई १–० ले पराजित गर्दै नटिङघमले प्रिमियर लिगमा स्थान बनाएको हो । कुनै पनि टोलीलाई प्रिमियर लिगमा फर्कन त्यति लामो समय लागेको थिएन ।

त्यस्तै अन्य दुई टोली पनि प्रिमियर लिगमा फर्किएका छन् । स्कट पार्करको बर्नमाउथ र मार्को सिल्भाको फुलह्याम पनि प्रिमियर लिग फर्किएका छन् । यी दुई टोली २०२०/२१ मा रेलिगेट भएका थिए ।

मार्को सिल्भाको नेतृत्वमा फुलह्यामले च्याम्पियनसिप र प्रिमियर लिगको बीचमा लगातार पाँच सिजन बाउन्स गर्दै च्याम्पियन बन्यो र प्रिमियर लिगमा फर्कियो ।

यसपटक प्रिमियर लिगको चर्चित टोली बर्नली लिगमा देखिने छैन । सन् २०१५/१६ पश्चात बर्नलीबिनाको यो पहिलो प्रिमियर लिग संस्करण हो ।

नयाँ प्रशिक्षक

२०१३ पश्चात एरिक टेन हाग म्यानचेस्टर युनाइटेडका आठौं प्रशिक्षक हुन् । ५२ वर्षीय प्रशिक्षक आयाक्समा सफल कार्यकाल विताएका थिए । उनले साढे चार वर्षमा आयाक्सलाइ दुईवटा डच उपाधि र तेस्रो एडेभिसी उपाधि दिलाएका थिए ।

युनाइटेडले पनि उनीबाट राम्रो नतिजाको अपेक्षा राखेको छ । युनाइटेड पुन च्याम्पियन्स लिगमा फर्कन चाहन्छ । युनाइटेड २०१७ यता पहिलो उपाधिको खोजीमा छ ।

स्टिभ कोपर अर्का नयाँ प्रशिक्षक हुन् । उनले नटिङघमलाई प्रशिक्षण गर्ने छन् । ४२ वर्षीय प्रशिक्षक कोपर इङ्ल्यान्डका पूर्वखेलाडी हुन् । उनले इङ्ल्यान्डको यू–१६ र यू–१७ टोलीको प्रशिक्षण सम्हालेका थिए ।

उनी सेप्टेम्बरमा नटिङघम फरेस्टका लागि अनुबन्धित भएका हुन् । उनले खराब अवस्थामा रहेको नटिङघमको स्तरउन्नति गराउन ठूलो भूमिका खेले । नटिङघम सन् १९१३ यता सबैभन्दा खराब लयमा रहेको बेला कोपरले टोलीको जिम्मेवारी लिँदै सफलता दिलाएका थिए ।

पार्कर र सिल्भाले यसअघि पनि प्रिमियर लिगमा प्रशिक्षण गरेका थिए । यसपटक नयाँ सिजनमा परिवर्तन भएका प्रशिक्षक टेन हाग मात्र हुन् ।

नयाँ खेलाडी

यस पटकको प्रिमियर लिगमा ठूला खेलाडीहरु अनुबन्ध भए । तर, सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन् इर्लिङ हालान्ड । उनी म्यानचेस्टर सिटीमा अनुबन्ध हुने कुराले प्रिमियर लिगमा ठूलै चर्चा पायो । २२ वर्षीय हालान्ड, ५१ मिलियन पाउन्डमा सिटीमा आवद्ध भएका हुन् । डर्टमन्टमा उनले १३० भन्दाबढी र नर्वेका लागि २० गोल गरेका छन् ।

चर्चामा रहेका अर्का खेलाडी डार्विन नुनेज हुन् । लिभरपुलले बार्यन म्युनिख गएका साडियो मानेको स्थानमा बेन्फिका स्ट्राइकर नुनेजलाई ६४ मिलियन पाउण्डमा आवद्ध गर्‍यो ।

टोटनहमले एर्भटनका स्ट्राइकर रिचार्लिसनलाई ६० मिलियन पाउण्डमा अनुवन्ध गर्‍यो । म्यानचेस्टर सिटीले स्ट्राइकर ग्याब्रियल जेसस र डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई ७५ मिलियन पाउण्डमा आर्सनल र रहिम स्टर्लिङलाई चेल्सीले ५० मिलियन पाउण्डमा आवद्ध गर्‍यो ।

सिटीले लिड्सका मिडफिल्डर केल्विन फिलिप्सलाई ४५ मिलियन पाउण्डमा आवद्ध गर्‍यो । म्यानचेस्टर युनाइटेडले अजाक्सका डिफेन्डर लिसेन्ड्रो मार्टिनेज र चेल्सीले नेपोली डिफेन्डर कालिदो कौलीबलीलाई आवद्ध गरे ।

वेस्टह्यामले ६० मिलियन पाउण्ड भन्दा बढी रेनेसका डिफेन्डर नायेफ एगुएर्ड र ससुओलो स्ट्राइकर जियानलुका स्केमालाई आवद्ध गर्न खर्च गर्‍यो ।

केही चर्चित खेलाडी यस पटकको प्रिमियर लिगमा देखा पर्दैनन् । जसमा अलेक्सजेन्ड्रे लाकाजेट्, पल पोग्बा, माने, रोमेलु लुकाकु, एन्टोनियो श्रडिगर, एड्रियान्स क्रिस्टेन र राहिन्फा छन् ।

विश्वकपले गरेको विन्टर ब्रेक

यस पटक इङ्लिस फुटबलमा लामो ब्रेकको नयाँ अवधारणा आएको छ । यस पटक कतारमा हुने विश्वकपका कारण प्रिमियर लिगमा ६ हप्ता लामो ब्रेक हुनेछ ।

टोलीहरुले यस पटक क्रिसमस खेलहरुको बीचमा जम्मा २ दिनमात्र बिदा पाउनेछन् । यस पटकको प्रिमियर लिग अघिल्ला संस्करणहरु भन्दा एक हप्ता अगाडि ५ अगष्टमा सुरु भएर एक हप्ता पछि अर्थात २८ मेमा समाप्त हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?