+
+

इस्को सेभिया जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:५५

२२ साउन, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इस्को सेभिया जाने भएका छन् । उनलाई अनुबन्ध गर्न सहमतिमा पुगेको सेभियाले जनाएको छ ।

सान्टियागो बर्नाबाउमा सम्झौता सकिएपछि ३० वर्षीय इस्को फ्रि ट्रान्सफरमा उपलब्ध थिए । इस्कोलाई सेभियाले दुई वर्षका लागि अनुबन्ध गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको सोमबार स्वास्थ्य परीक्षण हुनेछ ।

इस्कोले रियल मड्रिडमा ११ वर्ष बिताउँदा पाँच च्याम्पियन्स लिग, तीन ला लिगा र एक कोपा डेल रे उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?