
२२ साउन, काठमाडौं । बालाजु सडकमा हिडिरहेकी एक महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका-३ घर भई हाल टोखा-३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका-३ बस्ने १९ वर्षीय अमिर महर्जन रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३ प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई कानुनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4