+
+

राप्ती प्राविधिक शिक्षालय साउन ३१ गतेमा स्थानान्तरण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १९:५७

२४ साउन, दाङ । दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयलाई साउन ३१ गते स्थानान्तरण गरिने भएको छ ।

लुम्बिनी प्रदेश सभा भवन बनेपछि शिक्षालयलाई साउन ३१ गते गढवा गाउँपालिकामा स्थित सरस्वति  माविमा स्थानान्तरण गरिने भएको हो ।

राप्ती प्राविधिक शिक्षालय सञ्चालक समितिको मंगलबार (आज) बसेको बैठकले शिक्षालय स्थानान्तरण गर्ने निर्णय गरेको हो । शिक्षालय सार्न पटक पटक प्रयास गरिए पनि सरस्वती माविमा स्थानान्तरण हुन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको पनि सहभागिता रहेको थियो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र शिक्षालयको विकासका लागि बराबरी प्राथमिकता राखेर काम गर्ने बताए  ।

बैठकले शिक्षालयको सो भवन एवं सामान बुझाउनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?