+
+

सुनको सिक्री लुटेको आरोपमा टोखाबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १४:१३

२५ साउन, काठमाडौं । प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ घर भई हाल काठमाडौ महानगरपालिका-१६ बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् ।

गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?