+
+

फास्टफुडको नयाँ अवधारणा गोरमेट खाना उपलब्ध गराउँदै ‘रि इट बाइ आरी’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन २५ गते १७:५२

काठमाडौं । खानाका पारखीहरु आफ्नो रोजाइको खानाका लागि विभिन्न होटल तथा रेन्टुरेन्ट चहार्छन् । ग्राहकहरुको स्वादलाई मध्यनजर राख्दै आ–आफ्ना विशेषता भएका सानादेखि ठूला होटल रेस्टुरेन्टहरु संसारभर सञ्चालित छन् ।

जहाँ ग्राहक पुग्छन् र आफ्नो रुचिको खाना खान सक्छन् । अहिलेको व्यस्त जीवनशैलीमा खानाको एउटा तरिका फास्टफुड अत्यधिक प्रचलित छ । मीठो खाना छोटो समयमा बन्ने भएकाले यसलाई फास्टफुड भन्ने गरिन्छ ।

नेपालमा पनि फास्टफुड कल्चर निकै फस्टाएको छ । तर मःम, पिज्जा, चाउमिन, बर्गर जस्ता खानेकुरा छिटो र स्वस्थकर पाउन भने सबैतिर सम्भव हुँदैन ।

यस्तोमा सेफ तथा पोषणविद् आर्या पोखरेलले ‘रि इट बाइ आरी’ ब्राण्डमा फास्टफुडको एउटा प्रकार गोरमेटको होम डेलिभरी सेवा सञ्चालनमा ल्याएकी छन् । यसमा उनले घरमै गुणस्तरी खाना तयार पार्छिन् र ग्राहकको अर्डर अनुसार डेलिभरी गर्छिन् ।

आर्या पोखरेल, सेफ तथा सञ्चालक रि इट बाइ आरी

हुन त गोरमेट खाना भनेर लेखिएका बोर्ड धेरैतिर देखिन्छन्, तर ती सबै वास्तविक रुपमा गोरमेट खाना नभएको पोखरेल बताउँछिन् ।

‘गोरमेट बर्गर, गोरमेट पिज्जा भनेर पनि धेरै ठाउँमा लेखेको देखिन्छ । तर साँच्चै गोरमेट खानाको अवधारणालाई भने अपनाएका हुँदैनन्,’ उनी भन्छिन् ।

गोरमेट खाना शब्दको दुरुपयोग भइरहेकाले त्यसलाई परिवर्तन गरेर वास्तविक गोरमेट खानाको अवधारणा आफूले ल्याएको पोखरेलको दाबी छ । उनले ग्राहकको आवश्यकता र रुचि अनुसारको खाना तयार पार्छिन् । जस्तै, कुनै ग्राहकबाट पिज्जाको अर्डर आयो भने त्यसलाई स्वस्थकर बनाउन ताजा र उच्च गुणस्तरीय सामाग्री प्रयोग गर्ने, बजारमा पाइने प्याक पास्ता ससको प्रयोग नगरी घरमै पास्ता सस तयार गरेर अर्गानिक पिज्जा तयार गर्ने गरिन्छ ।

रेस्टुरेन्टले आफ्नो हिसाबले तयार गरेको खाना ग्राहकलाई उपलब्ध गराउँछ भने ‘रि इट बाइ आरी’ले ग्राहकको आवश्यकता र रुचि अनुसारको खाना उपलब्ध गराउँछ ।

साथै पोषण सम्बन्धी कुनै जानकारी चाहिएको खण्डमा पनि ‘रि इट बाइ आरी’ले सहयोग गर्ने पोखरेल बताउँछिन् । घरको खाना मन पराउनेहरुका लागि त झन् यो राम्रो विकल्प हुन सक्छ । सफा र स्वच्छ वातावरणमा घरमा तयार गरिएको मःम, पिज्जा यसले उपलब्ध गराउँछ ।

जन्मदिन, अफिसको मिटिङ, विवाहको वार्षिकोत्सव जस्ता कार्यक्रममा पनि रि इट बाइ आरीले फास्टफुड खाना उपलब्ध गराउने गर्छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?