+
+

नेपाली फिल्म ‘माइकल अधिकारी’को प्रचार गर्दै बलिउड निर्देशक इम्तियाज अली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १२:१३

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म बजार विदेशी फिल्मको प्रचारमैत्री बन्न थालेको छ । बलिउड र दक्षिण भारतीय फिल्मका कलाकारले प्रदर्शन छेकोमा दर्शकलाई भिडियो सन्देशमार्फत फिल्म हेर्न आग्रह गरिरहेका हुन्छन् ।

तर अहिले भने विदेशी फिल्म होइन, प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘माइकल अधिकारी’ हेर्न बलिउडकर्मीले आग्रह गरिरहेका छन् । चर्चित बलिउड निर्देशक इम्तियाज अलीले भिडियो सन्देश जारी गर्दै भदौ ३ गते प्रदर्शन हुन गइरहेको फिल्म हेर्न आग्रह गरेका हुन् ।

फिल्म निर्देशक रञ्जित रौनियार भारतीय निर्देशक हुन् । उनका मिल्ने साथी इम्तियाजले नेपाली फिल्मलाई हेरिदिन भन्दै प्रचारमा उत्रिएर सघाएका छन् । सावधान इन्डिया र क्राइम प्याट्रल समेत निर्देशन गरेका रौनियार यतिबेला मुम्बईमा छन् ।

सृष्टि श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म माइकल अधिकारीलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मले सरोगेसीको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तु पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?