+
+

बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १३:२०

२६ साउन, काठमाडौं । शुक्रबार र शनिबार दुई दिनको सार्वजनिक बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन आयल निगमको थानकोट डिपोले पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ ।

बिहीबार बागमती पेट्रोलियम डिलर्स एसोसिएसन र काभ्रे पेटोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै डिपो प्रमुख सैलेन्द्र भुसालले आफ्नो पूर्ण क्षमताअनुसार तेल भर्न र बिक्री वितरण नियमित राख्न आग्रह गरेका हुन् ।

यो साता शुक्रबार जनैपूर्णिमाका कारण दुई दिन लगातर सार्वजनिक बिदा परेको छ । दुई दिन डिपोबाट इन्धन वितरण नहुँदा बजारमा अभाव सृजना नहोस भन्न पम्पहरुलाई सचेत गराइएको डिपोको भनाइ छ । बिहीबार पछि एकैचोटी आइतबार निगमको डिपो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?