+
+

ललित स्मृति यू-१८ च्याम्पियनसिप अर्को वर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते २०:१८
२०७६ मा भएको ललित स्मृति यू-१९ को उपाधिसहित ब्रिगेड ब्वाइज क्लब । फाइल तस्वीर

२६ साउन, काठमाडौं । उमेर समूहको फुटबल प्रतियोगिता ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अर्को वर्ष गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले २०८० जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

एन्फाका पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृतिमा सुरु भएको यस प्रतियोगिता कोभिड-१९ महामारीका पछिल्लो दुई वर्ष हुन सकेन । युवा प्रतिभावान खेलाडीका लागि अवसरका रुपमा रहेको यस प्रतियोगिता यस पटक पनि हुन सकेन ।

अहिलेसम्म भएका तीन संस्करणमध्ये त्रिभुवन आर्मीले दुई तथा ब्रिगेड ब्वाइज क्लबले एक पटक उपाधि जितेको छ । पछिल्लो पटक २०७६ मा भएको ललित स्मृति यू-१९ को उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको थियो ।

ललित स्मृति यू-१८ फुटबल नहुँदा पछिल्लो पटक एन्फाले साफ यू-२० च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत राष्ट्रिय टिम निर्माण गरेको थियो । एन्फाका कार्यावहाक अध्यक्ष तथा थ्री स्टारका अध्यक्ष रहेका श्रेष्ठको २०७२ सालमा घरमै काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

साफ सकेर महिला लिग 

यस्तै कार्यसमित बैठकले राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु नेपालमा हुने छैटौं साफ महिला च्याम्पियनसिपपछि गर्ने निर्णय गरेको छ ।

गत चैतमा चितवनको भरतपुरमा महिला लिगको पहिलो चरण आयोजना गरेको एन्फाले दोस्रो चरणको लिग गर्न सकेको थिएन । बैठकले आगामी भदौ २१ देखि असोज ३ सम्म हुने साफ महिला च्याम्पियनसिपपछि विराटनगरमा दोस्रो चरणका खेलहरु गर्ने निर्णय गरेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?