+
+

आत्मघाती विस्फोटमा तालिबानी नेताको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १४:४३

२७ साउन, काबुल । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ ।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएकाे टोलो अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । यसमा परी १२० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घको परिवारले अल्पसंख्यकहरूको लागि ठूलो सुरक्षाको आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?