+
+

कैलालीमा जुवा खालबाट दुई लाख ९० हजारसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते २१:४०

२७ साउन, धनगढी । कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ४५ वर्षीय सन्देश केसी, गोदावरी नगरपालिका-४ बस्ने ३५ वर्षीय टेकबहादुर रावल, ४२ वर्षीय पदम भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-३ बस्ने २६ वर्षीय केशव कुँवर रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा भाग्न खोज्दा बैतडीको पाटन नगरपालिका- ४ बस्ने ३९ वर्षीय  सुरेन्द्र ऐरी र धनगढी उप-महानगरपालिका-२ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा घाइते भएका छन् ।
उनीहरूको माया मेट्रो अस्पताला धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?