+
+

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचेको उपचारको क्रममा निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ११:१८

काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो ।

तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ ।

‘आज हामीले एक उज्ज्वल प्रकाश, एक दयालु र सबैभन्दा आनन्दित आमा, मायालु आमा र एक बफादार साथीलाई गुमायौं,’ हेचेको मस्तिष्क मृत्यु भइसकेको भन्दै परिवार र साथीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कार दुर्घटनमा गम्भीर घाइते भएकी अभिनेत्री एनीलाई ६ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उनी त्यसपछि कोममा गइन् र कहिल्यै फर्किनन् । उनको परिवारले शुक्रबार नै बाँच्ने आशा सकिएको बताएको थियो ।

लस एन्जलसस्थित आफ्नो घर नजिक भएको कार दुर्घटनामा एनी गम्भीर घाइते भएकी थिइन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘डोनी ब्रास्को’, ‘आइ नो ह्वाट यू डिड लास्ट समर’का उनका चर्चित फिल्म हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?