+
+

राष्ट्रिय भेला बोलाउन शेखरमाथि दबाव

‘१३ औं महाधिवेशनपछि भ्रातृ संस्थामा मनोनित गर्दा अर्को पक्षलाई सोध्ने काम त हुन्थ्यो । अहिले त परामर्श पनि गरिन्न’, शेखर निकट एक नेता भन्छन्, ‘भ्रातृ संस्थाको अध्यक्ष आफ्ना बनाइएको छ । सदस्य २/४ जना राख्ने भए दिनुस् भन्ने तरिकाले हेप्ने नाम मागिन्छ ।’

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन २९ गते १२:५३

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालामाथि राष्ट्रिय भेला बोलाउन दबाव बढेको छ । पार्टीभित्र सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेकाले प्रतिवादका लागि गर्न भेला बोलाउनपर्ने आवाज शेखर पक्षका नेताहरुले उठाएका छन् ।

पार्टीमा महत्वपूर्ण मानिएको पाँच भ्रातृ संस्थाको अध्यक्षमा देउवाले एकलौटी गरेको शेखर पक्षको निष्कर्ष छ । संस्थापन पक्षबाट ‘पेलिएको’ निचोड निकालेका शेखर पक्षका नेताहरुले समानान्तर गतिविधिको वकालत गरेका छन् ।

भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व मनोनयनमा देउवाले बेवास्ता गरेको निष्कर्षमा पुगेको शेखर पक्षमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप पेलिने संशय छ । त्यसैले राष्ट्रिय भेला बोलाएर प्रतिवाद गनुपर्ने माग उठेको एक नेताले बताए ।

‘१३ औं महाधिवेशनपछि भ्रातृ संस्थामा मनोनित गर्दा अर्को पक्षलाई सोध्ने काम त हुन्थ्यो । अहिले त परामर्श पनि गरिन्न’, शेखर निकट एक नेता भन्छन्, ‘भ्रातृ संस्थाको अध्यक्ष आफ्ना बनाइएको छ । सदस्य २/४ जना राख्ने भए दिनुस् भन्ने तरिकाले हेप्ने नाम मागिन्छ ।’ राष्ट्रिय भेला बोलाउने/नबोलाउने विषयमा छलफल गर्न शेखरले दोस्रो तहका नेताहरुसँग आइतबार दिउँसो संवाद गर्दैछन् ।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरको अभिमुखीकरण साउन ३० र ३१ (भोलि र पर्सि) राखिएको छ । यो लगत्तै राष्ट्रिय भेला गर्न उपयुक्त हुने नेताहरुले शेखरलाई सुझाव दिएको एक नेताले जानकारी दिए ।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरको अभिमुखीकरण साउन ३० र ३१ (भोलि र पर्सि) राखिएको छ । यो लगत्तै राष्ट्रिय भेला गर्न उपयुक्त हुने नेताहरुले शेखरलाई सुझाव दिएको एक नेताले जानकारी दिए ।

शेखर निकट नेताहरुको शनिबारको बैठकले पार्टीभित्र न्यायोचित व्यवहार नभएको निष्कर्ष निकालेको थियो ।

४० प्रतिशतको हकदार प्राकृतिक माग रहेको शेखर निकट नेता जगदिश्वर नरसिंह केसीले बताए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, सहित गुरु घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापा लगायत उपस्थित थिए ।

आफ्नो समूहको अस्तित्व रक्षाका लागि संस्थापन पक्षसँग संघर्ष गर्ने बेला आएको केसीले बताए । ‘५ वटा भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा सल्लाह सुझाव पनि सभापतिले लिनुभएन । चुनावमा टिकट बाँड्दा पनि न्यायोचित नहुने देखिएको छ’, भेलाको आयोजक एक नेताले जानकारी दिए ।

सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना, आदिवासी जनजाति महासंघको अध्यक्ष ओमबहादुर घर्तीमगर र महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेका छन् । मनोनित पाँचै जना सभापति देउवा पक्षीय हुन् ।

केन्द्रीय कार्यसमिति भंग गरिएको प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज र भूतपूर्व सैनिक संघको अध्यक्ष भने मनोनित गरिएका छैन । दलित संघले नियमित अधिवेशन गर्न नसके पनि कार्यसमिति भंग भने गरिएको छैन । साउन मसान्तभित्र सबै भ्रातृ संस्थालाई पूर्णता दिने केन्द्रीय समितिले निर्णय गरेको छ ।

सभापति देउवाले ‘आफू अनुकूल’ का व्यक्तिलाई मनोनित गरेकाले त्यसविरुद्ध उत्रनुपर्ने शेखर पक्षको जोड छ । सभापति देउवाको कदमविरुद्ध रचनात्मक विद्रोह गर्न आफ्नो समूहका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको छ महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र बुझाएको निरञ्जन थापाले जानकारी दिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?