+
+

अलमुताइरीको लिस्ट खारेज, हुमागाईँले प्रशिक्षणमा बोलाए ४० खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १७:४२
गत अप्रिलमा मुख्य प्रशिक्षक अलमुताइरीसँग प्रशिक्षण गर्दै खेलाडी । फाइल तस्वीर

२९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ ।

असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि यसअघि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा दिएका थिए । तर त्यो सूची खारेज गर्दै एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी पनि छन् । प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए । जसमध्ये सुमन लामा विदेश गइसकेका छन् ।

यसअघि अलमुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन विष्ट र तेज तामाङको मात्र नाम समावेश छ । अलमुताइरी बिरामी बिदामा रहेको भन्दै एन्फाले हुमागाईँलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

टोलीमा बोलाइएका खेलाडी :

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर : सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?