+
+

प्रहरी समायोजनको माग गर्दै दोस्रो दिन पनि मधेशका मन्त्रीकाे धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १३:२४

३० साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दाेलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले साेमबार पनि धर्नालाई निरन्तरता दिएका छन् ।

साेमबारकाे धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।

उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?