+
+

गुल्मीमा ५ हजार बढी नयाँ मतदाता थपिए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १३:४६

३० साउन, गुल्मी । गुल्मीमा पछिल्लो पटक ५ हजार बढि मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा कार्य असार १९ गतेसम्म चलेको थियो ।

यो अवधिमा जिल्लामा ५ हजार २१९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय गरी दुई स्थानमा भएको नामावली संकलनको काम गरेको थियोे ।

पुरुष २ हजार ७ सय ७० महिला २ हजार ४ सय ४९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए । यो अवधिमा जिल्ला बाहिरका ५९ नयाँ मतदाताको नाम संकलन भएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन २ लाख २४ लाख २ सय ७६ रहेका थिए । जसमध्ये पुरुष १ लाख १० हजार ५९, महिला १ लाख १४ हजार २१५ र अन्य २ जना थिए ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा अब मतदाताको अनुमानित संख्या २ लाख २९ हजार ४९५ पुगेको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?