+
+

इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईको प्रष्टीकरण : मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १८:५५

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी थिइन् ।

पुनः सोमबार फेसबुक स्टाटसमार्फत उनले पितृसत्तात्मक सोचको विरुद्धमा आफूले इन्गेजमेन्ट तोड्ने निर्णय लिएको उल्लेख गरेकी छन् ।

उनी लेख्छिन्, ‘मेरो पहिलो निर्णय- समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय- पित्तृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे-मान्छेबीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

उनले ‘स्टे पोजेटिभ’ ह्यासट्यागमार्फत आफूविरुद्ध भएका आलोचना र प्रतिक्रियालाई खण्डन समेत गरेकी छन् ।

इन्गेजमेन्ट तोड्ने मेलिनाको निर्णयलगत्तै सामाजिक सञ्जालमा आएका अधिकांश टिप्पणी जातीयता कारण यस्तो निर्णय लिएको हुनसक्ने भन्ने आशयका थिए । तर उनले पितृसत्तात्मक सोचको विरुद्धमा भन्दै जातीय विभेदको आरोपलाई खण्डन समेत गरेकी छन् ।

यसबारे अनलाइनखबरसँग सम्पर्कमा आएका संगीतकर्मी समेत रहेका बराइलीले आफूले यसबारे तत्काल प्रतिक्रिया नदिने र आफू अहिले काममै केन्द्रित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?