+
+

भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ८:३६

३१ साउन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ ।

महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे ।

सन् २०१० देखि सुरु भएकाे महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेकाे थियाे ।

२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपकाे पाँचाै संस्करण फाइनलमा भारतले नेपाललाई ३-१ गाेलले हराउँदै उपाधि जितेकाे थियाे ।

अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हाे ‌। याेसँगै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने निश्चित भएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?