+
+

अब सबै सहकारीले वित्तीय विवरण मासिक रुपमा सार्वजनिक गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:१४

३१ साउन, काठमाडौं । अब सबै सहकारी संघसंस्थाले वित्तीय विवरण मासिक रुपमा आफ्ना सेयरधनीलाई जानकारी गराउनु पर्ने भएको छ । सहकारी विभागले मंगलबार एक निर्देशन जारी गर्दै यस्तो प्रावधान कार्यान्वयनमा ल्याइएको बताएको हो । विभागका अनुसार प्रत्येक सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापकले पहिलो चरणमा एक साता भित्र र त्यसपछि मासिक रुपमा यस्तो विवरण सार्वजनिक गर्नुपर्छ ।

जसमा सेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने गरी निर्देशन जारी भएको छ ।

सहकारी ऐन अनुसार नियामक निकायमा नियमित बुझाउनु पर्ने र माग भए अनुसार बुझाउनु पर्ने विवरण समेत समयमै बुझाउन विभागले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

आफ्नो संस्थाप्रति चासो राखौं

विभागले सेयर बचतकर्तालाई आफ्नो संस्थाप्रति चासो राख्न समेत सचेत गराएको छ । बेलाबेलामा संस्थाको कारोबार तथा वित्तीय अवस्थाको जानकारी लिएर राख्ने र अन्य संस्थामा आएको समस्याबाट आफू विचलित भने नहुन विभागले सचेत गराएको हो । नियतवश प्रवाह भएका गलत सूचनाको पछि नलागी सम्बन्धित सहकारी संस्थाबाट यथार्थ र वास्तविक सूचना प्राप्त गर्न समेत भनिएको छ ।

सहकारी संस्थाका प्रत्येक सदस्य सहकारी संस्थाको बराबर हकवाला भएको भन्दै संस्थाका साधारणसभा तथा अन्य गतिविधिमा समेत भाग लिन विभागले आग्रह गरेको छ । संस्था छान्दा विश्वसनीय संस्था छनोट गर्न समेत विभागले आग्रह गरेको छ ।

विभागले सहकारी बैंकहरुलाई संस्थागत सुशासन प्रक्रियामा सहभागी भई त्यसको अभिवृद्धि गर्न समेत निर्देशन दिएको छ । आफू सम्बद्ध संस्थाको निरन्तर सूक्ष्म निगरानी राखी सम्भाव्य समस्या समाधानका लागि आवश्यक पहल गरी सम्भव भएसम्म कोषको व्यवस्था गर्न समेत कोषले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?