+
+

सिंहदरबारमा आजबाट ग्यास सिलिण्डर लैजान रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ११:५०

१ भदौ, काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुनेछ ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?