१ भदौ, काठमाडौँ । फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेपछि त्यसको असर दक्षिण एसियाली स्तरमा विभिन्न फुटबल प्रतियोगितामा समेत परेको छ ।
निलम्बनको असर भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा साफ महिला च्याम्पियनसिप र भदौ अन्तिममा श्रीलंकामा साफ यू-१७ च्याम्पियन्सिपमा परेके छ । फिफाको निलम्बनपछि भारतले यी दुवै प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
यद्यपी दक्षिण एसियाली फुटबल महासंघ साफ भने यी दुई प्रतियोगिताको खेलतालिका परिमार्जन गर्न अझै पर्खने भएको छ । बिहीबार बसेको साफ कार्यसमितिको भर्चुअल बैठकले दुई प्रतियोगिताको खेलतालिका परिमार्जन गर्नका लागि पर्खने निर्णय गरेको छ ।
फिफाको निलम्बन कायम रहिरहेको अवस्थामा हुने श्रीलंका हुने साफ यू-१७ को खेल तालिका परिमार्जन हुनेछ । ६ टिमले भाग लिने यस प्रतियोगितामा भारत सहभागी नहुने अवस्था आए राउण्ड रोविनको आधारमा खेल हुनेछ ।
नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा भने भारत सहभागी नभए पनि समूह विभाजन उही रहनेछ । किनकी भारत रहेको समूहमा चार टिम छन् । यदी भारत सहभागी नभए उक्त समूहमा बंगलादेश, पाकिस्तान र माल्दिभ्स हुनेछन् । अर्को समूहमा नेपाल, भुटान र श्रीलंका छन् ।
साफको कार्यसमिति मिटिङमा अखिल नेपाल फुटबल संघका महासचिव र श्रीलंका पुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी बारे जानकारी गराएका थिए ।
साफ महासचिव अनवरल हकले भारतमाथि फिफाले लगाएको निलम्बनको विषयमा हुने विकासका लागि आउने मंगलबारसम्म पर्खने र त्यसपछि आउने निर्णपछि साफको प्रतियोगिताबारे अन्तिम निर्णय गर्ने अनलाइनखबरलाई जानकारी दिए ।
यसैगरी साफ कार्यसमिति बैठकले सन् २०२३ को प्रतियोगिताको क्यालेन्डर पनि स्वीकृत गरेको छ ।
प्रतिक्रिया 4