+
+

उपत्यकाबाहिर १२ ब्रोकरलाई १८ वटा शाखा खोल्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १२:००

२ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल १३ (ब्रोकर) कम्पनीहरूलाई १८ स्थानमा शाखा कार्यालय सञ्चालनको अनुमति दिएको छ । २०७७ फागुनमै सैद्दान्तिक सहमति पाएर पनि शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति नपाइ बसेका कम्पनीलाई बोर्डले अन्तिम स्वीकृत दिएको हो ।

बोर्डले २०७७ फागुनमा १२ ब्रोकर कम्पनीलाई उपत्यका बाहिरको २३ स्थानमा शाखा खोल्ने सैद्दान्तिक सहमति दिएको थियो । जसमध्ये गत आर्थिक वर्ष र चालु आवमा गरि १२ कम्पनीले १८ स्थानमा शाखा खोल्ने अन्तिम स्वीकृत पाएको बोर्डका प्रवक्ता रुपेश केसीले बताए । गत आवमा नै अन्तिम स्वीकृति पाएका कतिपय कम्पनीले कारोबार नै सुरु गरिसकेको छन् ।

गत आर्थिक वर्षमा ब्रोकर नंम्बर ३४ भिजन सेक्युरिटिज प्रालीले नवलपुरको कावासोती, म्यादीको बेनी र तनहुँको दमौली शाखा सञ्चालनमा ल्याइसकेको छ । यस्तै, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले नुवाकोटको बटार, ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले चितवनको टांडीमा, ब्रोकर नम्बर १४ नेपाल स्टक हाउसले नुवाकोटको बिदुर र कैलालीको टिकापूरमा शाखा सञ्चालन ल्याइसकेका छन् । ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबारकम्पनीले नै कैलालीको लम्की पनि २०७९ असारमा शाखा खोल्न अन्तिम स्वीकृति पाएको बोर्डका प्रवक्ता केसीले बताए ।

चालु आर्थिक वर्ष लागेपछि बोर्डले ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिलाई पाल्पाको तानेसेन र रुपन्देहीको भैरहवामा, ब्रोकर नंम्बर ११ मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ प्रालीलाई पाँचथरको फिदिम र इलाममा शाखा कार्यालय स्थापना गर्ने अन्तिम स्वीकृति दिएको बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।

यस्तै ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक, ब्रोकर नंम्बर २९ त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोती, ब्रोकर नंम्बर ५१ अक्सफोर्ड सेक्युरिटिजले नवलपुरको भुमहीमा र ब्रोकर नंम्बर ५९ नम्बर ब्रोकर दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मामा शाखा खोल्न अनुमति पाएको बोेर्डको प्रवक्ता केसीले बताए ।

ब्रोकर नम्बर ७ जेएफ सेक्युरिटिज प्रालीलाई दाङको तुलसीपुर, ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुरमा शाखो खोल्ने अन्तिम स्वीकृत पाएका छन् ।

बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले २०७७ फागुन १३ गते नै १२ वटा ब्रोकर कम्पनीहरुलाई २३ स्थानमा शाखा कार्यालय विस्तारका लागि सैद्धान्तिक स्वीकृत दिएका थिए । जसमध्ये बोर्डले करिब २ वर्षपछि उपत्यकाबाहिर ७ वटै प्रदेशका १८ स्थानमा शाखा कार्यालय सञ्चालनको लागि अन्तिम स्वीकृति दिइसकेको छ । बाँकी ५ वटा स्थानका लागि पनि चाँडै अनुमति दिइने बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए ।

बोर्डले सैद्दान्तिक सहमति दिएर पुर्वाधार निर्माण गर्न निर्देशन दिएकोमध्ये ब्रोकर नंम्बर ४९ अनलाइन सेक्युरिटिजले रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा सञ्चालनको अन्तिम स्वीकृति पाउन बाँकी छ ।

साथै, ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीको सिरहाको लाहान र दोलखाको चरीकोटमा शाखा सञ्चालनको अन्तिम सैद्दान्तिम सहमति दिएको थियो । उक्त ५ स्थानमा आवश्यक पुर्वाधार तयार हुन बाँकी रहेकोले पूर्वाधार तयार भएपछि अन्तिम स्वीकृति पाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?