+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे

जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

महेश न्यौपाने महेश न्यौपाने
२०७९ भदौ ३ गते ८:३४

३ भदौ, रोल्पा । रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् । यसैगरी ग्राहक नआउने चिन्ताले होटल संचालकहरुले पनि आफ्नो नागरिकतामा दलितको थर सच्याउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम भई एक हजार ८१० वटा नागरिकता जारी भएका थिए । सो वर्ष जिल्ला कुल सात हजार ३९४ वटा नयाँ नागरिकता जारी भएका थिए । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएका थिए ।

जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपी नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । ‘जिल्लामा सानै उमेरमा बिहे गर्ने र उमेर पुगेपछि सम्बन्धविच्छेद गर्ने क्रम बढेसँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ,’ प्रजिअ सापकोटाले भने ।

थर सच्याउने पनि बढे

नागरिकतामा थर सच्याउनेहरुको संख्या पनि बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार हरेक वर्ष झण्डै ५० जनाले थर सच्याउने तथा परिवर्तन गर्ने गर्दछन् ।

दलितलाई होच्याउने खालका थर भएकाहरु नेपाली नागरिकताको प्रमाण पत्रमा थर फेर्न आउने गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । ‘दमाईबाट परियार, कामीबाट विश्वकर्मा लगायतका थर सच्याउनका लागि निवेदन आउने गर्दछन्’ प्रजिअ सापकोटाले भने, ‘प्रायः प्रेम विवाह गर्ने महिलाहरुले श्रीमान, आफू र आफ्ना सन्ततिको नागरिकतामा दलित शब्द नहोस् भनेर परिवर्तन गर्न आएको देखिन्छ ।’

होटल व्यवसाय गर्ने दलितहरु पनि थर परिवर्तन गर्न आउने गर्दछन् । दलित भनेर परिचय खुल्दा होटलमा नास्ता र खाना खान ग्राहक नआउने चिन्ताले नागरिकताको प्रमाण पत्रमा थर परिवर्तन गराइदिन माग गर्दै निवेदन पर्ने गरेको प्रजिअ सापकोटा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?