+
+

इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए कासका चिकित्सक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १४:४५

४ भदौ, सुर्खेत । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालको आकस्मिक विभागमा कार्यरत डा.करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।

प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिए ।

‘इमरजेन्सी वार्ड बिहानपख भीडभाड नै हुन्छ । डाक्टरले बच्चाको अवस्था नर्मल छ । हतार नगर्नुस्, म अहिले बिरामीसँग छु । ११ बजे हेरौंला भन्नुभएको रहेछ । तैले मेरो काम नगरेको भन्दै शाही डाक्टरमाथि नै हातपात गर्न थालेछन्,’ उपाध्यक्ष डा. थानीले भने ।

कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले पनि कर्मचारीले चिकित्सकमाथि हातपात गरेको बताए । ‘सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रष्टै देखिन्छ’ प्रवक्ता भट्टराईले भने, ‘कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न नहुँने हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।’

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबारको भएपनि डाक्टर साहमाथि कुटपिट गरेको भिडियो भने शुक्रबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो शेयर गर्दै चिकित्सक कुटने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले डा. साहमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै आईसीयू, इमरजेन्सी र एनआईसीयू बाहेकको सबै सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?