
६ भदौ, लहान । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।
कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ ।
लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो ।
शनिबार राति उपचारकै क्रममा निधन भएका गिरिको आइतबार दिउँसो पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4