+
+

ढिलो भिसा आएपछि पाँच खेलाडीसहित ७ जना आज केन्या जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:३४

७ भदौ, काठमाडौं । ढिलो भिसा आएपछि पाँच खेलाडी, व्यवस्थापक र ट्रेनर सोमबार केन्या उड्न पाएनन् । ११ खेलाडी, मुख्य प्रशिक्षक मनोज प्रभाकर, फिजियो विक्रम न्यौपाने र एनालिस्ट रमन शिवाकोटीसहित १४ जना सोमबार राति केन्याको राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

बाँकी पाँच खेलाडीसहित ७ जना भने आज (मंगलबार) राति मात्रै केन्या प्रस्थान गर्नेछन् ।

उनीहरूको एल्लो फिभर भ्याक्सिन कार्ड अपलोड नभएकोले भिसा आउन ढिला भएको व्यवस्थापक सुनिल महासेठले जानकारी दिए । ‘अरुको नामिबिया गएकै बेला येल्लो भ्याक्सिन फिभर कार्ड थियो । बाँकीको येल्लो भ्याक्सिन कार्ड अपलोड हुन समय लागेकोले भिसा आउन ढिला भएको हो ।’

बाँकी ७ जनाको भिसा आएको र मंगलबार राति केन्या प्रस्थान गर्ने महासेठले जानकारी दिए । व्यवस्थापक सुनील महासेठ, ट्रेनर भारतका अब्दुल सतार र ५ खेलाडी सोमपाल कामी, बसिर अहमद, शाहब आलम, आदिल अलाम र विवेक यादव दोस्रो चरणमा केन्या जानेछन् ।

नेपालले केन्या भ्रमणमा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ । नेपाल र केन्याबीचको पहिलो टी-२० बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?