+
+

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १२:४०

७ भदौ, काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए ।

भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरुको तयारी छ ।

गठबन्धनका नेताहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।

२० साउनमा गठन भएको कार्यदललाई साउन मसान्तसम्मको समयसीमा दिइए पनि कार्यदलले सो अवधिमा काम पूरा गर्न सकेन । कार्यदलले उक्त काम शीर्ष नेताहरुलाई नै सुम्पिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?