+
+

बलिउडका मजदुर आन्दोलनमा, पारिश्रमिक नदिने निर्मातासँग सहकार्य नगर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:१६

काठमाडौं । एकपछि अर्को स्टारका फिल्महरु फ्लप, बहिष्कारको ट्रेन्ड र सेलिब्रिटी विवाद । कोरोना महामारीपछि बलिउडलाई दशा लागिरहेको छ । यतिबेला मुम्बैया फिल्म अभूतपूर्व संकटमा छ ।

बलिउडलाई अब अर्को समस्या आइलागेको छ । हिन्दी फिल्ममा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै तीन महिनादेखि आफूहरुको पारिश्रमिक नतिर्ने निर्मातासँग काम गर्न अस्वीकार गर्ने घोषणा गरेको छ ।

बलिउडमा केही ठूला ब्यानरले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई पारिश्रमिक नदिने गरेको चर्चा छ । यो पारिश्रमिक बलिउड ए लिस्टरले काम गरेका फिल्म र वेब सिरिजसँग पनि सम्बन्धित छ ।

यही सन्दर्भमा फिल्म स्टुडियो सेटिङ एण्ड अलाइड मजदुर युनियनले पैसा नदिने निर्माण कम्पनीविरुद्ध सूचना जारी गर्दै सहकार्य नगर्ने घोषणा गरेको हो ।

युनियनका महासचिव गंगेश्वर श्रीवास्तवले भने, ‘हाम्रा सदस्यहरु दैनिक ज्यालादारी गर्ने कामदार हुन् र उनीहरुको भुक्तानी एक साता ढिलो भएको मान्न सकिन्छ, तर तीन महिनासम्म पनि भुक्तानी नहुनु गलत कार्य हो । धेरै ठाउँबाट दैनिक ज्यालादारी पनि आउन बाँकी छ । त्यसपछि संघले हस्तक्षेप गर्ने निर्णय गरेको हो ।’

यसविपरीत केही निर्माण संस्थाले मजदुर संस्थाविरुद्ध आरोप पनि लगाएका छन् । कर्मचारीको तलब उनीहरुलाई नै दिनुको सट्टा युनियनलाई दिनुपर्ने ती निर्माताको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?