+
+

कविता संग्रह ‘प्वाँख’को क्यानडा विमोचन, गायक रविन शर्मा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १२:३७

काठमाडौं । कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’को क्यानडा विमोचन गरिएको छ । नेपालयले प्रकाशन गरेको पुस्तकको एक महिनाअघि अमेरिकामा पनि विमोचन गरिएको थियो ।

टोरन्टोमा आयोजित एक समारोहमा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतम, गायक रविन शर्मा, समास फाउन्डेसनका अध्यक्ष लामिन तामाङ र कवि नवीन प्राचीनकी श्रीमती शान्ति चम्लगाईंले संयुक्त रुपमा विमोचन गरे ।

समास फाउन्डेसन, भुटनिज कम्युनिटी अफ विन्सोर र एसोसिएसन अफ भुटनिज इन क्यानडा’ले आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुति समेत भएको थियो । गायक रविन शर्माले क्यानडाको चर्चित अर्केस्ट्रा ब्याण्डको साथमा आफ्ना चर्चित गीत प्रस्तुत गरे । कार्यक्रममा गायक शर्मालाई सम्मा समेत गरिएको थियो ।

नारायण गोपाल संगीत प्रतिष्ठानका संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले ‘मिस्टिक इकोज’ कार्यक्रमार्फत यसरी नेपाली संगीत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनु नेपाली संगीतलाई माया गर्ने सबैको लागि सुखद् कुरा भएको बताए ।

कार्यक्रम संयोजक रुपेश ढुंगानाले नेपाली साहित्य र संगीतलाई लिएर देखेको सपना क्यानडामा पूरा भएकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?