+
+

प्रचण्ड भन्छन् : नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ११:४७

१० भदौ. विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ ।’

राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट छिन् ।

राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले त्यो अस्वभाविक रहेको बताए । भने, ‘केही कुरा स्वभाविक पक्कै पनि देखिएका छैनन्, तर पनि यसले गम्भीर संकट ल्याउने स्थिति पनि म देख्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?