+
+

दाङ क्षेत्र नं. १ मा मेटमणि चौधरीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १९:१३

१० भदौ, दाङ । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका छन् ।

उनले आफू प्रतिनिधि सभा दाङ क्षेत्र नं. १ को गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै कार्याकर्ताहरुलाई चुनावी तयारीमा जुट्न आग्रह समेत गरे ।

क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुगेका मन्त्री चौधरीले भने ‘तपाईँहरु चुनावको तयारीमा लाग्नुस् । केही समस्या भए भन्नुस् । यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ ।’ उनले पार्टी स्थापना भएको वर्षदिन पुगेकाले अझै पनि पार्टी निर्माण गर्न दिन ध्यान दिनुपर्ने बताए ।

राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डीपीआरको थप प्रक्रिया अघि बढ्ने बताएका सहरी मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताए  ।

मन्त्री चौधरी ०७४ सालको चुनावमा दाङ्ग क्षेत्र नं. १ बाटै प्रतिनिधि सभा सदस्य चुनिएका थिए । त्यतिबेला नेकपा एमालेबाट चुनिएका उनी अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?