+

सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

२०७९ भदौ  ११ गते १०:१३ २०७९ भदौ ११ गते १०:१३
Photo Credit : the NorthFace adventure club

११ भदौ, काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् ।

द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।

उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परेकी हुन् । गतवर्ष यूटीएमबी थाइल्याण्डमा पहिलो भएपछि विश्व च्याम्पियनसिपको मान्यता पाएको यो प्रतियोगितामा छनोट भएकी हुन्।

सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दोडमा सहभागिता जनाएकी थिइन्। त्यतिबेला उनी सातौं भएकी थिइन् ।

सुनमाया बुढा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय