+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बीपी राजमार्गमा निजी कम्पनीले उठाउन थाल्यो ‘कर’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते ११:५०

१२ भदौ, काठमाडौं । बिपी राजमार्गमा एक कम्पनीको नाममा सडकबाट अवैध रुपमा शुल्कको असुली सुरु भएको छ । ‘स्वतन्त्र नेपाल मजदुर चालक यातयात प्रालि’को नाममा  बिपी राजमार्गमा चल्ने बस र सवारीहरुबाट प्रतिसवारी १५० रुपैयाँ ‘करबापतको दैनिक सहयोग शुल्क’ असुल्न थालिएको हो ।

चालक र सहचालकलाई स्वतन्त्र नेपाल मजदुर चालक यातयात प्रालिमा आवद्ध भएर नीति नियम पालन गर्न कम्पनीले अनुरोध गर्दै विज्ञप्ति नै जारी गरेको छ । सो कम्पनीको नाममा रोसी खोला पुल छेउमा  बसेर रकम असुल्न थालेको हो ।

‘हाम्रा चालक र सहचालकको अवश्यकता परिपूर्ति तथा हामी युवा वर्गमध्ये एकजुट भई भवितव्य दुर्घटनामा परेको खण्डमा, मृत्यु भएको अवस्थामा नेपाल सरकारबाट तोकिएको बमोजिम हाम्रो यस स्वतन्त्र नेपाल मजदुर चालक यातायात प्रालिद्वारा ४० प्रतिशतले आर्थिक सहयोग गरिने छ,’ सूचनामा भनिएको छ ।

सूचनामा दुर्घटनामा परेर घाइते भएका चालक र सहचालकलाई पनि अस्पतालको खर्चको १५ प्रतिशतले सहयोग गरिने उल्लेख छ ।

‘चालक या सहचालक अस्पतालमा बस्नु परेको खण्डमा भत्ताको व्यवस्थापन पनि गरिने छ,’ सूचनामा भनिएको छ ।

बिपी राजमार्ग हुँदै आवतजावत हुने यात्रुवाहक सवारीका चालक र सहचालकको लाइसेन्स नवीकरण कम्पनीले नै गर्ने भन्दै अवैध रकम ‘कर’का रुपमा असुल्न थालिएको हो । कम्पनीमा आवद्ध भएपछि परिचय पत्र वितरण गरिने भन्दै चालकको लाइसेन्सको फोटोकपी तथा सहचालकको नागरिकताको फोटोकपी साथै एक-एक प्रति फोटो उपलब्ध गराउन पनि सूचित गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला निजी कम्पनीले सडकमा बसेर यसरी कर असुल्दा पनि सरकार निरीह देखिएको बताउँछन् । दिनमै लाखौं रकम असुल्ने नियतका साथ यसरी कम्पनीले नै कर असुल्नु संविधान र कानुन विपरीत भएको भन्दै उनले दोषीलाई तुरुन्त कारवाही गराई अवैध असुली बन्द गराउन माग गरे ।

‘हामीले प्रहरी प्रशासनका ध्यानाकर्षण गराएका छौं,’ उनी भन्छन्,’सरकारले पनि यसरी शुल्क असुल्न मिल्दैन भने कम्पनीले कसरी त्यस्तो अधिकार पायो ?’

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी अनधिकृत ढंगले कर उठाउन राेकिसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?