+
+

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर कर्जा भित्र्याउने

जलस्रोत लगानी प्रबर्द्धनमा सहज हुने विश्वास

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बील) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:०६

काठमाडौं । एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बील) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । एनएमबि बैंक र बीलबीच आवधिक कर्जा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ । बीलबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको एनएमबि बैंकको भनाइ छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने विश्वास बैंकको छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकको भनाइ छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रका परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?