+
+

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १४:५४

१२ भदौ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उनको भनाइ छ ।

‘हामीले पहिलेबाट नै भौतिक संरचना बनाउँदा नक्सा पास र अभिलेखीकरणमा चुस्त गरेका छौं । तर पनि केही स्थानमा सडक ओगटेर पर्खाल, टहरा बनाएको गुनासो आउन थालेको छ, अनुगमनको क्रममा त्यस्तो संरचना पाइए उपमहानगरले कारबाही गर्छ’ मेयर लामाले भनिन् ।

उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।

आफूले प्रचारका लागि मात्रै काम गर्ने नगरेको भन्दै मेयर लामाले भनिन्, ‘हेटौंडाको आवश्यकता र जनप्रतिनिधिको कर्तव्यलाई बुझेर उपमहानगरले काम अघि बढाउँछ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?