+
+

काठमाडौंमा स्टार्टअप अवार्ड हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:०२

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च नेपालले काठमाडौंमा स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको आयोजकले जनाएको छ ।

यस वर्ष संस्थाले युवाहरुलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको हो । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसीप र लगानीको अवसर प्रदान गर्नेछ ।

अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीका लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्छ ।

स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । स्टार्टअपले प्रदान गरिएको वा गर्न चाहेको वस्तु उत्पादन वा सेवा तयारी अवस्थामा हुनुपर्नेछ । स्टार्टअपले आफ्नो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तीय विवरण बुझाउनु पर्नेछ । अडिटेड वित्तीय विवरण नभएमा प्रोभिजनल वित्तीय विवरण बुझाउनु पर्नेछ । आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीमात्र अवार्डका लागि योग्य हुने आयोजकले जनाएको छ ।

नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले सञ्चालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन । यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ । स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमशः ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्नेछन् । मञ्चका अनुसार अहिले आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?