+
+

४ मंसिरको चुनावका लागि कैलालीबाट एकीकृत समाजवादीको २६ जनाको नाम प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते २०:५६
एकीकृत समाजवादीका नेताहरु बाँयाबाट क्रमश: दीर्घ सोडारी, चीनकुमारी चौधरी र भैरव रावल

१२ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीले कैलालीबाट प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि २६ जना आकांक्षीको नाम प्रस्ताव गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका दुई (१ र ४) तथा प्रदेशसभाका पाँच वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न २६ जना आकांक्षीको नाम प्रस्ताव गरेको हो ।

जिल्ला अध्यक्ष भैरवबहादुर रावलले निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि आफूसहित पाँच जनाको नाम प्रस्ताव गरिएको जानकारी दिए । सो निर्वाचन क्षेत्रमा प्रदेश कमिटी सदस्य सूर्यचन्द्र भट्टराई, रामचन्द्र चौधरी, शिवराज विनाडी र जिल्ला कमिटी सदस्य भूमिका शाहीको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा जिल्ला सचिवालय सदस्य हरिराम चौधरी, लालसिंह कठरिया र आशा चौधरी तथा प्रदेशसभा ‘ख’ मा जिल्ला सचिवालय सदस्य ललित साउद, जिल्ला सदस्य सीतादेवी चौधरी र सचिवालय सदस्य देवीलाल पाण्डेको नाम प्रस्ताव गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका केन्द्रीय सदस्य दीर्घबहादुर सोडारी, केन्द्रीय सदस्य लक्ष्मण कुँवर, प्रदेश कमिटी सदस्य विजय बिक र जिल्ला कमिटी सदस्य सरस्वती खडायतको नाम प्रस्ताव गरिएको छ ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट केन्द्रीय लेखा आयोग सदस्य विजय कुँवर, केन्द्रीय सदस्य चुनकुमारी चौधरी, प्रदेश कमिटी सदस्य लोकबहादुर सारु, जंग सुनार, जिल्ला उपाध्यक्ष रत्ना कडायत र जिल्ला सदस्य लक्ष्मीराज पन्तको नाम प्रस्ताव भएको एकीकृत समाजवादीले जनाएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘ख’ मा जिल्ला कमिटी उपाध्यक्ष बिमलकुमार जोशी, प्रदेशसभा सदस्य हिक्मत कुँवर, जिल्ला सचिवालय सदस्य मदनराज रेग्मी तथा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा जिल्ला कमिटि सदस्य कृष्णबहादुर शाह र टीकाराम भण्डारीको नाम प्रस्ताव गरिएको छ ।

जिल्ला अध्यक्ष भैरवसिंह रावलले प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा आकांक्षीहरुको नाम जिल्लामा सिफारिस गर्न भनिएको जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय कमिटीले सिफारिस गरेका नामबाट उम्मेदवार छनोट गरेर प्रदेश कमिटीलाई सिफारिस गर्ने जिम्मेवारी जिल्ला पदाधिकारी बैठकलाई दिइएको छ । अगामी २०/२१ गतेतिर प्रदेश कमिटीको बैठक बस्ने बताउदै रावलले यतिन्जेलसम्म उम्मेदवारको अन्तिम टुङ्गो लगाइने बताए ।

उम्मेदवार छनोट गरेपनि सत्तारुढ गठबन्धनमा हुने बाँडफाँडका आधारमा उम्मेदवार उठाइने उनको भनाइ छ । कैलालीमा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर ४ र प्रदेशसभामा तीन सिटमा दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?