+
+

नागरिकता विधेयकमा सत्ता गठबन्धनको रणनीति : वैवाहिक अंगीकृतमा नबोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १२:४४

१३ भदौ, काठमाडौं । सत्ता गठबन्धनले विधायन समितिमा पुगेको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतका विषयमा बहस नगर्ने रणनीति तय गरेको छ । सोमबार विधायन समितिको बैठक सुरु हुनुअघि सत्ता गठबन्धनमा रहेका समिति सदस्यहरुले यो रणनीति तय गरेका हुन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा आज र भोलि विधेयकमाथि छलफल सकेर जतिसक्दो छिटो राष्ट्रियसभामा पठाउने विषयमा एक मत भएर समितिको बैठकमा सहभागी भएका छन् । त्यसका लागि आवश्यक परे बहुमतबाट निर्णय गर्न मतदान गर्न पनि आफूहरु तयार रहेको सत्ताधारी सांसदहरुको भनाइ छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको चुनावलाई मध्यनजर गरेर जतिसक्दो छिटो विधेयक पारित गर्न समिति सदस्यहरुसँग आग्रह गरेका थिए, उनको भनाइमा कानुनमन्त्री गोबिन्द बन्दीले पनि समर्थन जनाएका थिए ।

छलफलमा सांसदहरु गोपी अछामी, गंगा बेलबासे, राधेश्याम पासवान, अनिता देवकोटा, जितेन्द्र नारायण देव, नारायणदत्त मिश्र, प्रकाश पन्थ,बेदुराम भुसाल र शेखर सिन्हा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?