+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरिए एमाले सांसदहरू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १५:११

१३ भदौ, काठमाडौं । नागरिकता विधेयक पुनर्विचारका लागि बसेको विधायन व्यवस्थापन समितिको बैठकबाट नेकपा एमालेका सांसदहरू बाहिरिएका छन । उनीहरुले बहिस्कार नै भने गरेका हैनन ।

‘बाहिर बैठक छ, सरी’ भन्दै सुरुमा एमाले सांसद देवेन्द्र दाहाल निस्किए ।

सभापति नारायण दत्त मिश्रले भने ‘आजै पारित भयो भने जानकारी हुन्छ ।’

जवाफमा दाहालले भने, ‘सभापतिज्यू परिपक्व हुनुहुन्छ ।’

दाहालसँगै एमालेका अर्का सांसद भैरवसुन्दर श्रेष्ठ निस्किए ।

केहीबेरमा समितिमा रहेका अर्का एमाले सांसद भगवती न्यौपानेले पनि उठेर भनिन्, ‘निस्कें सभापतिज्यू ।’

सभापति मिश्रले भने, ‘प्रतिपक्षी बिहिन जस्तो होला नी ।’

नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले मिश्रलाई सम्झाउँदै भने, ‘हैन बैठक सुरु गर्ने बेलामा हो, आएर बीचमा निस्कदा त्यस्तो हुन्न । छलफल जारी छ ।’

१५ सदस्यीय विधायन समितिमा एमालेबाट ३ जना सदस्य (देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ) छन् । नेकपा माओवादी केन्द्रबाट ४ जना सदस्य (गंगा कुमारी वेल्वासे, तारामान स्वार, सुरेश कुमार आलेमगर र राधेश्याम पासवान) छन् ।

कांग्रेसबाट ३ जना सदस्य (ज्येष्ठ सदस्य मिश्रसहित जितेन्द्र नारायण देव र प्रकाश पन्थ) छन् । नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्य (डा. बेदुराम भुसाल र उदय बहादुर बोहरा) छन् । जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी, राष्ट्रपतिबाट मनोनित सांसद विमला राई पौडयाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?