+
+

नेपालले आज केन्यासँग निर्णायक खेल खेल्दै, ब्याटिङमै चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते ९:१९

१४ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ ।

यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ ।

चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो ।

पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।

यस शृखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनिरहेको छ । एकरुपको प्रदर्शन गर्न नसकेको नेपाल जितनजिक पुगेर पनि चुक्दै आएको छ । त्यसैले शृंखलाको निर्णायक खेलमा नेपालले ब्याटिङमा सुधार गर्नु आवश्यक छ ।

केन्या जानुअघि आईसीसी टी-२० वरीयता सुधार गर्ने लक्ष्य राखे पनि शृंखलाकै बीचमा नेपालको वरीयता खस्किसकेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।

अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल वरीयतामा यथावत रहनेछ ।पराजित भएमा रेटिङ अंङ्क घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ । त्यसैले अन्तिम खेल नेपालका लागि महत्वपूर्ण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?