
काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुलीको खुर्कोटमा आफ्नो शाखा विस्तार गरेको छ ।
१५ भदौदेखि सञ्चालनमा आएको बैंकको शाखाले खुर्कोट क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ ।
आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बैंकको भनाइ छ ।
विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकले देशभर १९८ शाखा सञ्जाल, १९४ एटीएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ इकाइहरु मार्फत ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4