
१७ भदौ, दोलखा । नेपाली कांग्रेस दोलखाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन ११ जनाको नाम सिफारिस गरेको छ ।
जसमध्ये ८ जना प्रत्यक्षतर्फका आकांक्षी छन् भने ३ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफरिस गरिएको जिल्ला सभापति बर्मा लामाले जनाएका छन् ।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा बर्मा लामा, जीपछिरिङ लामा, ताराबहादुर कोइराला, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, रुद्रबहादुर खड्का, उद्धवराज काफ्ले र लक्ष्मीकुमारी तामाङ छन् ।
सिफारिस भएका मध्ये लामा कांग्रेस जिल्ला सभापति हुन् । अहिले सांसद रहेका लामा केन्द्रीय सम्पादन समिति सदस्य हुन् । उनले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए ।
यस्तै कुन्दनराज काफ्ले र शिवाकोटी केन्द्रीय सदस्य हुन् । खड्का र उद्धवराज काफ्ले पूर्व जिल्ला सभापति हुन् ।
सिफारिसमा परेका काफ्लेद्वय काका भजिता हुन् ।
समानुपातिकतर्फ सिफारिस हुनेमा प्रभुराम श्रेष्ठ, पुष्करकुमार खड्का र सुमित्रा न्यौपाने छन् । श्रेष्ठ बागमती प्रदेश कार्य सम्पादन समिति सदस्य र खड्का महाधिवेशन प्रतिनिधि हुन् ।
प्रतिक्रिया 4