+
+

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १७:५६

१७ भदौ, उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले अनलाइनखबरलाई बताएअनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।

बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?