+
+

गोरखा २ स्वतः मेरो भागमा पर्छ : बाबुराम

विकास मरहट्टा विकास मरहट्टा
२०७९ भदौ १८ गते १६:५६

१८ भदौ, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै चुनाव चिन्ह लिने सहमति गर्न भट्टराईले प्रत्यक्ष चुनाव लड्नुपर्छ भन्ने नरहेको बताएको माओवादी नेताहरुले बताएका थिए ।

तर अब भट्टराईले गोरखा २ बाट चुनाव लड्ने तयारी गरेको नेताहरु बताउँछन् ।

‘गोरखा जिल्ला मेरो पहिलेदेखिकै निर्वाचन क्षेत्र पनि हो,’ भट्टराईले भनेका छन्, ‘अहिलेसम्म गठवन्धनका दलहरुबीच जसले जहाँबाट जितेको छ त्यहीबाट चुनाव लड्ने भन्ने सहमति पनि छ, त्यसैले गोरखा क्षेत्र नम्वर २ स्वतः मेरो भागमा पर्छ ।’

गोरखा २ मा तपाईँको सिट सुरक्षित छ त ? भन्ने प्रश्नमा उनले भने, ‘सिफारिस सबै दलले गर्छन्, त्यो औपचारिक प्रक्रिया हो, अन्तिम टुङ्गो लगाउने केन्द्रले हो । केन्द्रमा हामी तालमेल गरेर जाने सहमति भइसकेको छ, त्यही अनुसार निर्णय हुन्छ ।’

भट्टराईले गोरखाको एउटा प्रदेश निर्वाचन क्षेत्रमा पनि आफ्नो पार्टीको दावी रहने बताए । ‘यसअघि गोरखा क्षेत्र नम्वर २ क जितेकाले एउटा प्रदेश क्षेत्रमा हाम्रो दाबी जायज हो, तर कुन प्रदेश भन्ने अहिले थाहा छैन,’ उनले भने ।
यद्यपि यसको औपचारिक टुङ्गो लाग्न भने बाँकी रहेको बताए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?