१९ भदौ, काठमाडौं । सीमान्त सहर वीरगन्जबाट राष्ट्रिय, स्थानीय मुद्दाहरूमा लेखिराख्ने पत्रकार चन्द्रकिशोरलाई अनलाइनखबरले मधेस सरकारका पाँच वर्षको समीक्षा गर्न आग्रह गरेको थियो । यो २० मिनेटको भिडियोमा उनले मुख्यमन्त्री मोहम्मद लालबाबु राउत नेतृत्वको सरकारको समग्र मूल्याङ्कन गरेका छन् ।
चन्द्रकिशोरको सार छ- चाहे आफ्नै सत्तागठबन्धन होस्, चाहे आफ्नै पार्टी अध्यक्ष उपेन्द्र यादव, राउत सधैं असुरक्षाभावमा थिए । पाँच वर्षसम्म उनको नेतृत्व टिक्नु एक किसिमको संयोग हो ।
पाँचवटा प्रदेशमा सरकार बन्दै, ढल्दै गर्दा सुदुरपश्चिम सरकार र मधेस सरकारका प्रमुखमात्रै एकनास अविच्छिन्न रहन सके । जबकि उनीहरूको क्याबिनेटसमेत क्रमशः भत्कँदो, फेरिँदो थियो । अनि टेक्टोक्र्याटिक पदमा नियुक्ति पाएकाहरूले समेत असीमित शक्ति अभ्यास गर्न खोज्दा दुवै मुख्यमन्त्रीहरू चुनौतीरहित थिएनन् ।
प्रस्तुत भिडियो विश्लेषणमा पत्रकार चन्द्रकिशोरले मधेस प्रदेशमा उदाइरहेका नयाँ शक्तिहरू सँगै तराई मधेसका अन्य क्षेत्रहरूको समेत चुनावी विश्लेषण गरेका छन् ।
ओके २० मिनेट्सका लागि हामीलाई पछ्याउँदै रहनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4