
काठमाडौं । सन् १९९० मा रिलिज भएको बलिउड फिल्म ‘आशिकी’ले दर्शकलाई ‘दिवाना’ नै बनाइदिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । अनु अग्रवाल र राहुल रोयको मुख्य भूमिका रहेको फिल्मका गीत पनि निकै चर्चित भए ।
यसपछि सन् २०१३ मा प्रदर्शनमा आएको ‘आशिकी २’ले पनि दर्शकमाझ गहिरो छाप छाड्न सफल भयो । यो सिक्वेलमा श्रद्धा कपुर र आदित्य रोय कपुरको केमेस्ट्री निकै रुचाइएको थियो । फिल्मका डायलगका साथै गीत चर्चित भए ।
यसैबीच, यसको तेस्रो सिक्वेलको पनि घोषणा भएको छ । फिल्म ‘आशिकी ३’मा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । कार्तिकले आफ्नो इन्स्टाग्राममार्फत ‘आशिकी ३’का नयाँ मोसन लोगो सेयर गर्दै यसको घोषणा गरेका छन् ।
नायकमा कार्तिक अनुबन्धित भए पनि नायिकाबारे भने कुनै जानकारी दिइएको छैन ।
कार्तिक स्टारर ‘शाहजादा’ आगामी वर्ष रिलिज हुँदैछ । साथै कियारा आगवाडीका साथमा उनी फिल्म ‘सत्यप्रेमकी कथा’मा पनि देखिंदैछन् ।
प्रतिक्रिया 4