+
+

प्रचण्डले पटक-पटक बोलाए, तर मञ्चमा बस्‍न मानेनन् मातृका

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १६:१८

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय बैठकमा उप-महासचिव मातृका यादव असन्तुष्ट देखिएका छन् । बैठकको अध्यक्षता गरेका पुष्पकमल दाहाल प्रचण्डले पटकपटक बोलाउँदा उनी मञ्चमा सहभागी नभएको एक नेताले बताए ।

प्रचण्ड मधेस भ्रमणमा गएका बेला मधेस प्रदेशका केन्द्रीय समिति सदस्यहरुको बैठक सोमबार जनकपुरमा राखिएको थियो । मञ्चमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिव गणेश साह र देवेन्द्र पोडेल बसे ।

बैठकअनौपचापरिक थियो, तर सञ्चालन अध्यक्ष प्रचण्ड आफैंले गरेका थिए । उनले उपमहासचिव यादवलाई दुई तीन पटक बोलाउादा पनि मञ्चमा आएनन् । उनी केन्द्रीय सदस्यहरुको पछिल्लो लाइनमा बस्न पुगेका थिए ।

उनी बैठकमा समेत बोलेनन् । एक नेता भन्छन्, उहाँको असन्तुष्टि के हो बुझ्न सकिएन ।’

मधेशमा माओवादीका तर्फबाट युद्ध लडेका र  पूर्वजनमोर्चाका नेताहरुको दुई गुट छ । भूमिगत कालदेखिका माओवादीको नेतृत्व यादवले गर्दै आएका छन्  भने  पूर्व जनमोर्चा धारको नेतृत्व गिरिराजमणि पोखरेल लगायतले गर्छन् ।

यादवले गत ८ चैतमा जनकपुरमै आयोजित माओवादी  केन्द्रको मधेश प्रदेशको प्रशिक्षण कार्यक्रम बहिस्कार गरेका थिए । कार्यक्रममा नारायणकाजी श्रेष्ठसमेत सहभागी भएको भन्दै उनले आफू कार्यक्रममा जान अस्वीकार गरेका थिए ।

गुटकै लडाइँका कारण गत वर्षको २५ मंसिरमा प्रदेश अधिवेशन उद्घाटन भए पनि माओवादीले मधेशमा अहिलेसम्म प्रदेश समिति बनाउन सकेको छैन । गुटबन्दीका कारण पार्टीलाई क्षति पुगेको भन्दै प्रचण्डले मिलेर काम गर्न निर्देशन दिएपछि गिरिराजमणि पोखरेल र मातृका यादव केही कार्यक्रममा सँगै देखिएका थिए।

२२ साउनमा स्थानीय कार्यकर्तासहित केन्द्रीय समितिमा पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग वीरगञ्जमा भएको छलफलपछि उनीहरुले सामूहिक तस्वीर खिचाएका थिए । भोलिपल्ट सार्लाहीको हरिवनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र स्थानीय नेताहरुसँगको छलफलमा पनि दुवै जनासँगै देखिएका थिए ।

तर फेरि यादव असन्तुष्ट देखिएको नेताहरू बताउँछन् । यादवले भने यसबारे केही बोल्न मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?